नवलपुरको गैंडाकोटमा सवारी दुर्घटना, ३ गाडी एकैठाउँ ठोक्किए

नवलपुर टुडे


गैंडाकोट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका- ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ । ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका १२ वस्ने ३३ वर्षीय दर्शन काप्री घाइते छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् डीएसपी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।
बिहान ६:४५ बजेको समयमा भएको दुर्घटनामा तीनवटै गाडीका चालकहरु घाइते भएका छन् । अन्य ८–९ जना पनि सामान्य घाइते भएको र विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पण्डितका अनुसार हात्तीगाडी चालक काप्रीको छात्तीमा चोट छ । बस र ट्रक चालकहरुको भने दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । तिनै जना चालकहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । बसमा सवार अरु ८/९ जना यात्रुहरुसमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















