गुल्मीमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

रासस


गुल्मी । चन्द्रकोट गाउँपालिकामा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जीपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो । जीपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।
थापाको उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जीपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















