Opens in a new tab

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

रासस

29Shares
dida bag ad

काठमाडौँ । देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मलङ्गवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा सोमबार राति भएको दुर्घटनामा एक, चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जना र चितवनकै इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा मिक्चर मेसिन बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

यसैगरी, सोमबार राति फलेबास नगरपालिका–४ मुडिकुवामा जिप दुर्घटना हुँदा त्यसका चालक, डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला जिप पल्टिँदा त्यसका चालक त्यसमा सवार दुई जनाको ज्यान गएको हो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे