दुर्घटना

ट्रकको ठक्करबाट युवकको मृत्यु

रासस
२०८२ चैत्र १० | मध्यान्ह ०३:१२ बजे

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट मंगलबार एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना६ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेस प्रदेश ०३–०२९प५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक सप्तरीको सुरुङ्गा–१ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

कमेन्टहरु