दुर्घटना

पर्वतको फलेवास ४ मुडिकुवामा जीप दुर्घटना चालकको मृत्यु

अमृत भट्टराई
२०८२ चैत्र १० | बिहान ०७:१२ बजे

पर्वत । सदरमुकामको कुश्मा बजार बाट फलेवासको खानिगाउँ आउदै गरेको ग १ ज ८०२९ नम्बरको बलेरो जीप साझ ६: ४० बजे कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका वडा नम्बर ४ को मुडिकुवा भन्ने ठाउँमा दुर्घटना हुदा चालक फलेबास नगरपालिका–५ खानिगाउँका ३५ वर्ष संन्जन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले बताएको छ । प्रहरीका अनुसार गाडीमा चालक मात्रै सवार रहेका थिए ।

उक्त बलेर जीप युरिया मल लिएर खानिगाउँ आउदै गर्दा अचानक ब्रेकफेल हुदा सडक देखि ३० मिटर तल खसेको थियो ।

कमेन्टहरु