हेलिकप्टर मार्फत उद्धार गरिएका नवजात शिशु र सुत्केरी आमाको मृत्यु

उमेश रोकाया


बाजुरा, चैत ९ । बाजुरामा एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी सुत्केरी र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो ।
बडीमालिका नगरपालिका—१ की २१ बर्षीय सुरता रोकाया र उनले जन्म दिएको नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए ।
उनी लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् भने डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थियो । तर उनले गत मंगलबार राति जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुदैँ गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएको भए पनि बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ । पारिवारिक स्रोतकाअनुसार मृतक सुत्केरी र शिशुको सुर्खेतमै दाहसंस्कार गरिएको जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















