बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सात महिनापछि धुलाचौर बजारमा बिजुली झिलीमिली

उमेश रोकाया
२०८२ चैत्र ८ | मध्यान्ह ०९:१२ बजे

बाजुरा, चैत ८ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा विधुत सन्चालनमा आएको छ । हिमाली गाउँपालिका र खत्याड गाउँपालिका विधुत बिच सम्झौता अनुसार धुलाचौर बजारमा बिजुली सन्चालन आएको छ । साउन २८ गते अविरल वर्षाका कारणले कुवाडी खोला जलविद्युत आयोजना अवरुद्ध हुँदा हिमाली गाउँपालिका नं. ४ फैति, बिर्ता वडा नं ५ रुगिन, नदापाटा र वडा नं ६ धिम गाउँमा बस्तीमा अध्यारोमा बस्नुपर्ने बाध्यता थियोे ।

अहिले हिमाली गाउँपालिका विशेष पहलमा अधेरो बस्ती उज्यालो भएको छ । कुवाडी खोला जलविद्युत आयोजना अवरुद्ध भएपछि हिमाली गाउँपालिका वडा नं. ४,५ र ६ गाउँबस्ती सोलार टुक्की बाल्ने गरेका थियो । बिशेषगरी धुलाचौर बजारमा बिजुलीबाट बिधुतिय उपकरणहरू सन्चालन गर्ने व्यवसाय बिजुली नहुँदा वेपार घाटा व्यहोरेको थिए । सात महिनापछि धुलाचौर‌ बजार बिजुली झिलीमिली हुँदा अहिले बजार व्यवसायी निकै खुसी भएका बजार व्यवसायी गणेश शाहीले बताउनुभयो।

हिमाली गाउँपालिका र खत्याड गाउँपालिका मुगु संग सम्झौता गरेपछि आजबाट धुलाचौर बजार बिजुली पुनः सञ्चालन आएका छन्। तत्काल बजार आज दिउँसोबाट बिधुत सन्चालन गरोिएको छ । हिमाली गाउँपालिका ४,५ र ६ वडाहरूमा विधुत लाइन चेकजाँच गरिरहेको छन । भोलिदेखि सबै ठाउँमा बिधुत लाइन जडान गरिएको ठाउँमा बिजुली झिलीमिली हुने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो।

खत्याड गाउँपालिका मुगु बिधुत संग हिमाली गाउँपालिकाले २०८३ असार महिनासम्मका लागि सम्झौता गरिरहेको छ । आवश्यक अनुसार सम्झौता थप गर्ने गरि काम गरिरहेको पाण्डेले जानकारी दिनुभयो ।

कमेन्टहरु