बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते

रासस


बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ः०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेका बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए। घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।
दुर्घटनाग्रस्त ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति
अरुपनि पढ्नुहोस
सबै
आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
















