Opens in a new tab

‘रातभरि कन्याएर सुत्न सकिँदैन, विद्यार्थीको बिजोग छ’

रासस

29Shares
dida bag ad

गोरखा, चैत्र ६ । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन्। कक्षाभरि झुसिल्किरा भइदिँदा पठनपाठन प्रभावित भएको छ।

विद्यालयको वरिपरि उतिसको जंगल छ। सुक्खा मौसम लागेपछि विगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन्। शिक्षिका पवित्रा तामाङ भन्छिन्, ‘भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जंगलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खाली छैन।’

माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन्। उनीहरूको जीउभरी डाबर उठेको छ। सबैले एलर्जीको औषधी खाँदै आएका छन्। ‘रातभरि कन्याएर सुत्न सकिँदैन। विद्यार्थीको बिजोग छ’, शिक्षिका तामाङले बताइन्। झुसिल्किराको झुस बिझेर बालबालिकाले जीउभरी तेल घसेर आउने गरेको उनले बताएकी हुन्।

कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको शिक्षिका तामाङको भनाइ छ। विद्यार्थीलाई पुस्तकालयमा लगेर राखिएको उनले बताएकी छन्। ‘हावाहुरी चल्न थालेपछि झुस उडेर आँखामा पर्ने डर रहन्छ’, उनले भनिन्, ‘समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिलाई गुनासो गरेका थियौँ। विषादी प्रयोग गर्न हुँदैन भन्ने सुझाव पायौँ। अवस्था उस्तै छ।’

विद्यालयको समस्याबारे गत फागुन २६ गते बसेको कार्यपालिका बैठकमा कुरा राखेको वडाध्यक्ष बलबहादुर गुरुङ बताउँछन्। ‘हामीले वरिपरिको रुख ढालेर समस्या समाधान हुन्छ कि भन्ने सोचेर तीनवटा रुख ढाल्यौँ तर त्यसो गर्दा जंगलको झुसिल्किरा झन् विद्यालयमा आउँदो रहेछ’, उनले भने, ‘समस्या घट्लाभन्दा झन् बढ्यो। गाउँपालिकाले विषादी प्रयोग गर्नुहुन्न भनेर प्रयोग गर्न दिएन।’ समस्या ज्यूँकात्यूँ रहेको वडाध्यक्ष गुरुङले बताएका छन्। केही दिनयता पानी परेकाले झुस उड्ने समस्या भने केही कम भएको शिक्षिका तामाङको भनाइ छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे