धनुषा–४ मा रास्वपाका महतो दोब्बरभन्दा बढी मतले विजयी

नवलपुर टुडे


जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो प्रतिद्वन्द्वीभन्दा दोब्बरभन्दा बढी मतले विजयी हुनुभएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट रास्वपाका उम्मेदवार महतो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवभन्दा दोब्बर बढी मत ल्याएर विजयी हुनुभएको हो।
निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गर्नुभएको छ। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो।
यसअघि धनुषा–३ मा पनि रास्वपाका उम्मेदवार मनिष झा ४३ हजार ९८८ मत ल्याई भारी मतान्तरले विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गर्नुभएको थियो।
धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी दुई निर्वाचन क्षेत्रमा मतगणना जारी छ।

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

















