बर्दिया क्षेत्र नं २ मा भारी मतान्तरले रास्वपा अगाडि

नवलपुर टुडे


गुलरिया (बर्दिया), फागुन २४ गते । बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढ्नुभएको छ ।
उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा नौ हजार चार सय २१ मतले अगाडि हुनुहुन्छ । पोखरेलले २४ हजार ७४४ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १४ हजार ७४४ मत ल्याउनुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठोरले १४ हजार एक सय ६५ मत ल्याउनु भएको छ भने नेकपा एमालेकी उम्मेदवार बिमला वि.क.ले आठ हजार पाँच सय ८८ मत ल्याउनुभएको छ ।
सो क्षेत्रमा ९४ हजार तीन सय ६३ मत खसेकोमा हाल सम्म ७० हजार ७३ मत गणना भइसकेको छ । मत गणनाको क्रममा तीन हजार ३६८ मत बदर भएको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















