Opens in a new tab

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नालाई तेस्रो जित

नवलपुर टुडे

29Shares
dida bag ad

दार्चुला, फागुन २३ गते। प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गर्नुभयो। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा (माओवादी) का उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गर्नुभएको छ । ९२ हजार ९ सय ४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । 

पूर्वमन्त्री ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित हुनुभएको हो । यसअघि उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । ठगुन्ना २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बन्नुभएको थियो । 

दार्चुलामा प्रतिनिधि सभा सदस्यको लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । अन्य उम्मेदवारहरुले भने १ सय मत समेत कटाउन नसकेको मुख्य निर्वाचन अधिकृत गिरीले बताउनुभयो।

अरुपनि पढ्नुहोस

सबै