रुपन्देही–१ मा रास्वपा महामन्त्री सुनिल विजयी

नवलपुर टुडे


भैरहवा, फागुन २३ गते । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी हुनुभएको छ । पहिलो पटक निर्वाचन लड्नुभएका ३५ वर्षीय युवा नेता लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत पाउनुभयो भने नेकपा एमालेका दधिराम न्यौपाने ७ हजार ४८८ मतसहित चौथो स्थानमा रहनुभयो ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका घनश्याम यादवले दुई हजार १९८, श्रम संस्कृतिका छविलाल गुरुङले एक हजार ८२४ र जनता समाजवादी पार्टीका मोहम्मद अस्लाम खानले एक हजार २४२ मत प्राप्त गर्नुभयो । अन्य कुनै पनि उम्मेदवारले एक हजार मत कटाउन सकेनन् ।
कुल ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा कांग्रेसका खत्रीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । लम्सालले जित हासिल गर्दै यस क्षेत्रका अघिल्ला निर्वाचनका विभिन्न रेकर्डसमेत तोड्नुभएको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता छविलाल विश्वकर्माले प्राप्त गरेको ३४ हजार ७५२ मतको रेकर्ड लम्सालले पार गर्नुभएको हो ।
त्यसैगरी मतान्तरमा पनि उहाँले नयाँ इतिहास बनाउनुभएको छ । यसअघि सात हजार ८६७ मतान्तरको रेकर्ड रहेकोमा लम्सालले ४२ हजार ८६३ को फराकिलो मतान्तर कायम गर्नुभएको छ ।

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
अरुपनि पढ्नुहोस
सबै

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

















