मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशीको सानदार जित, हेभिवेट नेताहरू पराजित

नवलपुर टुडे


मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्। ३४ वर्षीय युवा उम्मेदवार राजवंशीले स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै संसदको यात्रा तय गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरेका छन्। कांग्रेसका घिमिरे १२ हजार ८ सय १८ मतमा सीमित हुन पुगे। यसअघिका दुई निर्वाचनमा सोही क्षेत्रबाट लगातार विजयी हुँदै आएका नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी यसपटक १० हजार ७ सय १२ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्।
प्रतिस्पर्धामा नेकपा एमालेका जीवन घिमिरे ६ हजार ९ सय ३३ मतका साथ चौथो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार माधव आचार्यले १ हजार १ सय ६३ मत प्राप्त गर्दै पाँचौँ स्थान सुरक्षित गरे।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
















