बाजुरामा शान्तिपूर्ण मतदान, २० प्रतिशत मत खस्यो

उमेश रोकाया


बाजुरा, फागुन २१ । प्रतिनिधी सभा सदस्य निर्वाचनाका लागि आज अर्थात बिहीबार विहानबाट सुरु भएको मतदान शान्तिपूर्ण भइरहेको छ । यहाँको निर्वाचनमा कुल मतदाता संख्याको २४ हजार तीन मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
कुल ८७ हजार ८६१ मतदाता संख्याको उक्त मत खसेको हो । कुल मतदातासंख्याको २० प्रतिशत मत खसेको हो ।
यहाँका ७७ मतदास्थलका एक सय १८ मतदान केन्द्रमा २४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले मालिका टुडेलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार मध्यान्ह बजेसम्म २४ हजार मत खसेको बताउनु भयो । मतदान केन्द्रमा निर्वाचन कर्मचारीहरुले मतदातालाई सहज रुपमा मतदान गराइ रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।
निर्वाचनका बेला जिल्ला धाँधली र भयरहित वातावरणमा मतदान हुने र बुथ कब्जा गरेर फर्जी मत खसाउने जिल्लमा रुपमा परिचित भएकाले यो निर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।
जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अहिलेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।
जिल्लाका सबै मतदान केन्द्रमा मतदाताहरु मतदान गरेर घर फर्किने गरेकाले कुनै पनि मतदान केन्द्रमा धााधली नभएको बताएका छन् ।
मतदाता न्युन आज भएको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा भन मतदाता न्युन सहभागी छन् । जिल्लाका अधिकांश मतदान केन्द्रमा न्युन मतदाताहरु नै मतदानमा भाग लिन आउने गरेका छन् । मतदान केन्द्रमा आएका मतदाताहरु भने दलप्रति आक्रोशित भएपछि कतिपय मत नै बदल्ने गरी मतदान गर्न आएको प्रतिक्रिया दिएका छन् । यहाँका ८७ हजार ८६१ मतदाता रहेका छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो













