नेकपाका उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला

नवलपुर टुडे


वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका–३ बढनियार चोकमा उमेदवार सवार सवारीमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट पर्साको क्षेत्र न. २ का उमेदवार मनोज चौधरी सवारी गाडी जाँचको क्रममा शंकास्पद वस्तु फेला परेको हो ।
प्रहरीका अनुसार गएराति करिब ११ बजे जाँचका क्रममा चौधरी सवार गाडीको डिक्कीबाट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । उक्त गाडी तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । हाल उक्त गाडी सुरक्षित ठाउँमा लगी सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । उक्त गाडीमा उमेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको नेकपाका नेता बृजलाल पासवानले जानकारी दिए ।
गाडी चालक वीरगन्जको छपकैया निवासी मुन्ना अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















