काठमाडौँको चपलीमा शङ्कास्पद बस्तु फेला, सेनाले डिस्पोज गरिँदै

नवलपुर टुडे


काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । सो बस्तु बम हो वा होक्स भन्ने यकिन नभएको एसपी भट्टराईले जानकारी दिए ।
मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाले निष्क्रिय बनाउँदै छ । घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ । चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिएपनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए । बम डिपस्पोज गर्न सेनाको चन्दन नाथ गणबाट १५ जनाको टिम परिचालन गरिएको छ ।
घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि खटिएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















