मलेकपुरका पूर्वगाविस अध्यक्ष जसपा नेपाल प्रवेश

रामएकवाल राम


राजविराज १८, फाल्गुन । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन् ।
तत्कालिन मलेकपुर गाउँविकास समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवसहितका नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको हुन् । स्थानीय तहको निर्वाचनमा उनी विष्णुपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न रहँदैआएका उनीसँगै चर्चित समाजसेवी महिनारायण यादव, राजेन्द्र प्रसाद यादव, भोला प्रसाद यादव, इश्कीलाल यादव, मागीलाल यादव, दर्पी यादव, रामकिसुन ठाकुर, सातैन यादव, जिबछ यादव लगायतका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, पार्टीका समन्वय समितिका सदस्य एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले स्वागत गरेका छन् । पार्टीमा स्वागत गर्दै सुरेन्द्र यादवसहितका नेता तथा कार्यकर्ताहरुको प्रवेशले पार्टी थप सबल भएको राष्ट्रिय अध्यक्ष यादवले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















