होली आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीकः मुख्यमन्त्री आचार्य

नवलपुर टुडे


दाङ । रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गरेका छन् । विविध जातजाति, भाषा र संस्कृतिको सुन्दर संगम रहेको लुम्बिनी प्रदेशमा यस्ता पर्वहरूले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
उनले मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा र सांस्कृतिक अभ्यासहरूको संरक्षण तथा प्रवर्द्धनबाट मात्र दिगो समृद्धिको आधार निर्माण गर्न सकिने बताए । सांस्कृतिक सम्पदालाई पर्यटन, उद्यम र स्थानीय उत्पादनसँग जोड्दै आर्थिक अवसर विस्तार गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले आफ्नो पहिचान जोगाउँदै नयाँ पुस्तालाई संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सांस्कृतिक विविधतामै प्रदेशको शक्ति निहित रहेको उल्लेख गर्दै उनले होलीजस्ता पर्वहरू सभ्य, मर्यादित र सकारात्मक सन्देश दिने गरी मनाउन आग्रह गरे ।
पर्व मनाउने नाममा कुनै पनि प्रकारका विकृति, विसंगति र अवाञ्छित गतिविधिलाई प्रश्रय दिन नहुने स्पष्ट पार्दै उनले जबर्जस्ती रङ्ग दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा अरूको स्वतन्त्रता र सुरक्षामा असर पर्ने गतिविधि अस्वीकार्य हुने बताए ।सबैले जिम्मेवार र अनुशासित व्यवहार गर्दै सुरक्षित वातावरणमा पर्व मनाउन उनले आग्रह गरे । होली पर्वले आपसी विश्वास, सद्भाव र सहकार्यको भावना अझ प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















