काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता, कांग्रेसकी नानुलाई समर्थन

एजेन्सी


काठमाडौं ,फागुन १७। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गरेका छन् ।
काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ। यस मध्ये २० पुरुष र चार महिला उम्मेदवार छन्।
यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार चार सय ९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव ६९ प्रतिशत अर्थात् ३८ हजार दुई सय १७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव ३१ प्रतिशत अर्थात् ४० हजार दुई सय ७८ रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















