डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

नवलपुर टुडे


दाङ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ ।विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
उनका अनुसार डिस्प्ले बोर्ड र वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताए ।
कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ । उनका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ । त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उनले बताए ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















