दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

नवलपुर टुडे
29


गण्डकी, फागुन ११। आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्र्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उहाँले जानकारी दिनुुभयो ।“प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन् ।”, उहाँले भन्नुुभयो ।
उक्त बसको चालक सुजित नेपाली रहेको र उहाँको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिनुुभयो । उहाँका अनुुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
महानगरप्रमुख आचार्यद्वारा दुुःख व्यक्त
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुुबाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गर्नुुभएको छ ।
महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुभएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुुभएको छ ।
“राति करिब १ः३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नं को यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु ।”, उहाँले भन्नुुभएको छ ।
दुर्घटनामा घाइते हुनुभएका २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदै उहाँले घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय रहनुभएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गर्नुुभएको छ ।
दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुुभएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
२०८३ कार्तिक १९ | मध्यान्ह ०६:०७ बजे

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
२०८३ कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
२०८३ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे













