धादिङ बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो

नवलपुर टुडे


काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधारामा सोमबार बिहान करिब सवा १ बजे ग२ख १४२१ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो।
बस सडकबाट तल खस्दै त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं र स्थानीय अस्पतालमा पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















