आहा–रारा गोल्डकपको उपाधि सहारा क्लबलाई

नवलपुर टुडे


पोखरा । घरेलु मैदानमै ट्रफी थामेर आयोजक सहारा क्लबले आहा–रारा गोल्डकपको रजत वर्षको सुखद अन्त्य गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले बलियो प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै १२ वर्षको प्रतीक्षा तोड्यो । यसअघि ०७० मा गोल्डकप जितेको सहाराले दोस्रोपल्ट उपाधि उचाल्दा पोखरेली दर्शकले खुसी मनाए ।
खेलको २५ औं मिनेटमा कप्तान सुशील लामाको कर्नर किकमा मुकुन्दकुमार निउरेले फ्लिक हेडरमार्फत जाली चुमाउँदै सहारालाई अग्रता दिलाए । पहिलो हाफ १–० को अग्रता लिँदै सकिएको थियो । खेलको ७३ औं मिनेटमा सुशील लामाकै फ्रि–किकमा टाए डेनिएल बादारुले सशक्त हेडर प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे । जावलाखेलले १४ वर्षपछि पुनः उपविजेतामा चित्त बुझाउनुपर्यो ।
जावलाखेलका फरवार्ड निकोलस ओदाने ह्यामिल्टनलाई चल्न नदिने रणनीतिमा सहारा थियो । जुन रणनीतिमा सहारा सफल भयो । आफ्ना भरपर्दो स्ट्राइकरमाथि घेराबन्दी भएपछि निकोलसको स्थानमा अन्य फरवार्डलाई चलाउने जावलाखेलको रणनीति सफल हुन सकेन । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आफ्ना विदेशी खेलाडीको प्रदर्शन अपेक्षाकृत नभएको स्वीकारे ।
‘विदेशी खेलाडीबाट जुन स्कोर हुन्छ भन्ने सोचेको थियौं, हाम्रो अट्याक सक्सेस हुन सकेन,’ उनले भने, ‘सहाराको कम्बिनेसनलाई पनि ब्रेक गर्न सकेनौं । फिनिसिङमा समस्या भयो ।’ सबैले कोसिस गर्दा गर्दै पनि सफलता नमिलेको उनले बताए । यसअघि आभा एफसी उज्वेकिस्तानको टोलीसँग खेल्दा युवराज ढकालले रातो कार्ड पाएकोले आफ्नो सेट टिममा असर परेको श्रेष्ठको भनाइ थियो ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















