सिरहामा १४ लाखसहित एक युवक पक्राउ

नवलपुर टुडे


सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव स्रोत नखुलेको १४ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो नियमित सवारी चेकजाँचका क्रममा बरियारपट्टी हुँदै औरहीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर रोकेर जाँच गर्दा यादवको साथबाट एक हजार दरका १४ सय थान नोट बरामद गरिएको हो।
बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल रकमको स्रोतबारे अनुसन्धान सुरु गरिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















