मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

रासस


जनकपुर, फागुन ५। मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गर्नुभएको हो ।
मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुआत गराउनुभयो । परिक्रमामा सहभागी भएका तीर्थयात्रीले नेपाल र भारतको १३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित तय गर्नुहुनेछ ।
जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला विहारीबाट भगवान् रामको डोलासँगै परिक्रमाका सहभागीले १५ दिन लगाएर हिँड्ने गर्दछन् । परिक्रमाका क्रममा नेपालको ११ धार्मिक ऐतिहासिक ठाउँमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गर्ने चलन छ भने भारतको २६ किलोमिटरका चार धार्मिकस्थलमा विश्राम गर्दै हिँड्ने गरेका छन् ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गर्दछन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















