नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले मनायो २४ औँ वर्षगाँठ

नवलपुर टुडे


काठमाडौं, फागुन २ । नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले आफ्नो स्थापनाको २४ औँ वर्षगाँठ मनाएको छ । शनिबार बलम्बुस्थित अस्पताल परिसरमै एक समारोहका बिचमा अस्पतालले २४ औँ वार्षिकोत्सव मनाएको हो ।
समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) राजु अर्यालले स्वास्थ्यकर्मीलाई सकारात्मक भावनाका साथ मानवीय सेवामा काम गर्न आग्रह गरे । प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारीजस्ता चुनौतीका बेला एपीएफ अस्पतालले जनस्वास्थ्यमा दिएको योगदानका लागि पनि आईजीपी अर्यालले खुसी व्यक्त गरे ।
अस्पतालमा सेवा प्रवाहलाई सहज, सुलभ, गुणस्तरीय बनाउँदै लैजाने लक्ष्य रहेको बताउँदै उनले नयाँँ प्रविधि, तालिम, शैक्षिक विस्तार र सेवा प्रणालीमा निरन्तर सुधारलाई प्राथमिकता राखिएको पनि बताए । समारोहकै क्रममा अस्पतालमा जडान भएको मडुलर अप्रेसन थे्रेटरको समेत उद्घाटन गरिएकको छ । कार्यक्रममा अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रूपक महर्जनले अस्पताल जहिल्यै नागरिकको स्वास्थ्य सुधारमा दत्तचित्त भएर लाग्ने बताएका छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















