उमेदवार गिरी मतदाता बिच भेटघाट

उमेश रोकाया


बाजुरा, फागुन २ । बाजुरा जिल्लामा आगामी फागुन २१ गते निर्वाचनमा नेपाली काङ्ग्रेस बाजुराबाट प्रतिनिधि सभा सदस्य जनक गिरी घरदैलो कार्यक्रम व्यस्त रहेका छन । चुनाव नजिकिँदै गर्दै नेपाली काङ्ग्रेसबाट उम्मेद्बारी जनक गिरी सहित केन्द्र , प्रदेश , जिल्ला भित्रका नेताकार्यकर्ता अहिले मतदान घरदैलोमा भेटघाट तिव्र गति अगाडि बढिरहेका छन ।
बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकाबाट नेपाली काङ्ग्रेस घरदैलो सुरु गरेको बुढीगग नगरपालिका र त्रिवेणी नगरपालिका घरदैलो अभियान सकिएर बडिमालिका नगरपालिका – ६ को वडाबाट अहिले घरदैलो अभियान कार्यक्रम चलिरहेको छ । बडिमालिका नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसको चुनावी घरदैलो कार्यक्रममा नेता तथा कार्यकर्ताको सहभागिताले स्थानीय बासिन्दामा उत्साह देखिएको जनाइएको छ ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला प्रतिनिधि सभा सदस्य उम्मेदवार जनकराज गिरिको जित सुनिश्चित भएको बताएका छन् । स्थानीयका अनुसार विकासवादी नेतृत्वको रूपमा जनकराज गिरि नै एकमात्र उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गिरिले चुनाव जितेपछि बाजुरेली जनताले दिएको मतको सम्मान गर्दै विकास निर्माणका कार्यलाई तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनताको विश्वासलाई खेरजान नदिने र जिल्लाको समग्र विकासका लागि निरन्तर लागिरहने बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















