मतदाताका प्राथमिकतामा सडक निर्माणदेखि वन्यजन्तु नियन्त्रणसम्म

नवलपुर टुडे


बागलुङ । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्दै घरदैलो पुग्दै गरेका उम्मेदवारसँग बागलुङ–२ का मतदाताले यिनै समस्या सुनाउने गरेका छन् ।
ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नुृ परेको बताइन् । उनले भनिन्, “गाउँमा सडक बनेपछि सुविधा होला भन्ने सोचेका थियौँ । तर सुविधाभन्दा बढी सास्ती भएको छ । चुनाव आउँदा यो सडक हामी बनाउँछौँ भोट दिनुभन्दा आउँछन् । भोट दिएर जितेपछि कोही पनि गाउँ फर्किएर आउँदैनन् । यो सडकले हामीलाई कति दुःख दिएको छ । यसको समाधान गर्न सक्ने नेतालाई यसपालीको चुनावमा भोट दिन्छौँ ।”
स्थानीय तुलबहादुर घर्ती मगरले घरै नजिकको जङ्गलबाट दैनिक बाँदर, चितुवा र बँदेल आएर बालीनालीको क्षति गरि दिने र मान्छेलाई आक्रमण गर्ने गरेको गुनासो गरे । वन्यजन्तुबाट समस्यामा पर्दै आएका स्थानीयको समस्या बुझ्ने उम्मेदवारलाई गाउँका स्थानीयले एकै ठाउँमा भोट दिने सल्लाह गरेको सुनाए ।
“बिहान बेलुका बाँदर, बँदले ढपाउँदैमा दिन जान्छ । बारीमा लगाएको तरकारी, बालीनाली केही बाँकी राख्दैन । आइमाइ केटाकेटी एक्लै वरपर गर्न पनि गाह्रो हुन्छ”, उनले भने – “चुनावका बेला हामीलाई भोट दिनु समस्या समाधान गर्छौँ भन्ने धेरै नेता आए । तर चुनाव जितेर कहाँ गए गए ?”
निसीखोला गाउँपालिका–५ कुँडेका गङ्गाबहादुर विकले सडक व्यवस्थित नहुँदा यात्रा र सामान ढुवानी गर्न निकै कठिन हुने बताए। अप्ठ्यारो र साँघुरो सडकका कारण बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो भाडा तिर्न बाध्य भएको उनको भनाइ छ । यसपाली बुर्तिबाङ–ढोरपाटन र ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने उनले सुनाए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















