Opens in a new tab

भ्यालेन्टाइन्स डेमा उपहारले मात्र होइन, यसरी जित्न सकिन्छ पार्टनरको मन

नवलपुर टुडे

29Shares
dida bag ad

भ्यालेन्टाइन्स डेमा मानिसहरू आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईँ साँच्चै नै आफ्नो पार्टनरलाई सधैँ खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

आफ्नी प्रेमिका वा श्रीमतीलाई समय दिनुहोस् । पार्टनरले कहिले ध्यान देला भनेर उनलाई कुर्नु नपरोस् । तपाईँले जति समय दिनुहुन्छ त्यसैमार्फत् महिलाले तपाईंको प्रेम बुझ्छन् । व्यावसायिक जीवनमा जतिसुकै व्यस्त भएपनि समयमै घर पुग्नुहोस् । विकेन्डमा डेट लैजानुहोस् ।

पार्टनरको लुक, हेयरस्टाइल, बडी, कपडा र उनको कामको तारिफ गर्न सिक्नुहोस् । तपाईँले भनेका शब्द उनका लागि निकै महत्त्वपूर्ण हुन्छ । सम्बन्धमा भएको यत्तिका समयपछि पनि पार्टनरको तारिफ गर्नु पर्छ र रु भनेर कहिले पनि नसोच्नुहोस्। 

सरी भन्न सिक्नुहोस्ः

 

जब तपाईँ रिसमा केही गल्ती गर्नुहुन्छ तब चाँडोभन्दा चाँडो माफी माग्नुहोस् । सरी नभनीकन मूभ अन नगर्नुहोस् । यसमार्फत् यो पनि थाहा हुन्छ कि तपाईँ आफ्नो पार्टनरको भावनालाई कति सम्मान गर्नुहुन्छ ।

 

सरप्राइज गिप्ट किन्नुहोस्ः

 

कहिले काहीँ कुनै प्रसङ्ग बिना नै स–सानो उपहार दिनुहोस् । यसले तपाईंको उपहार महत्त्वपूर्ण नभई यसमार्फत् तपाईँले व्यक्त गर्ने प्रेमलाई पार्टनरले महसुस गर्छन् ।

सल्लाह माग्नुहोस्ः

महत्त्वपूर्ण विषयमा पार्टनरको धारणा बुझ्नुहोस्, कुराकानी गर्नुहोस् । जीवनको महत्त्वपूर्ण निर्णयमा उनलाई सँगै लिएर हिँड्नुहोस्, यसो गर्दा उनलाई आफ्नो महत्वबारे थाहा हुन्छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे