ललितपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

नवलपुर टुडे


ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित कान्तिपुर कोलोनीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी–६ घर भई हाल ढोलाहिटी बस्ने २५ वर्षीय घनस्याम बि.क. र रौतहट राजदेवी–६ घर भई चन्द्रागिरी बस्ने ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन्।
उनीहरूको साथबाट प्लास्टिकसहित ११.१२ ग्राम खैरो हिरोइन, ५ हजार ५३ क्याप्सुल ट्रामाडोल र १२१ ट्याब्लेट नाइट्राभेट बरामद भएको छ । जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको संयुक्त टोलीले अवैध लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध जोख्न प्रयोग गरिने दुई थान डिजिटल तराजु, नगद ५ हजार १०० रुपैयाँ र दुई थान मोबाइल फोन समेत फेला पारेको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















