रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो

नवलपुर टुडे


काठमाण्डाैं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोसी नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
रामेछापका डीएसपी भोला भट्टका अनुसार उक्त दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । जसको उपचार खुर्कोटस्थित शुभजीवन, मन्थली र तामाकोसी अस्पतालमा भइरहेको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिनुभएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउनुका साथै बेपत्ता हुन सक्ने अन्य यात्रुहरूको खोजी कार्य जारी राखेको छ।

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
अरुपनि पढ्नुहोस
सबै

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

















