Opens in a new tab

गृहमन्त्री अर्यालद्वारा निर्वाचनको तयारीबारे छलफल

रासस

29Shares
dida bag ad

काठमाडौँ, माघ २७। गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुग्नुभएका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको हो ।

सो अवसरमा गृहमन्त्री अर्यालले आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन ३ गतेसम्म सञ्चालन भइरहेका निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु फागुन ४ गतेपछि सञ्चालन हुने निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे