आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

रासस


काठमाडौंँ, माघ २५। सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ ।स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ ।
प्रमुख डा गौतमले खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप लगाउन सबैलाई आग्रह गर्नुभयो । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ ।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो । शाखाका अनुसार २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ ।
नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















