दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप : उर्लाबारी भेट्रान्स प्रथम

रासस


पथरी (मोरङ), माघ २५। दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ । सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ नगद रु एक लाख ११ हजार १११ प्राप्त गर्यो भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित रु ५५ हजार ५५५ प्राप्त गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा उर्लाबारीका लागि विकास राईले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । खेलको म्यान अफ दी म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोलरक्षक विनोद गौतम घोषित हुँदै नगद रु पाँच–पाँच हजार प्राप्त गरे । सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद रु पाँच हजार र जीवन लिम्बूले गोल्डेन बुटसहित नगद रु सात हजार ५०० प्राप्त गरे ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















