Opens in a new tab

वरिष्ठ कलाकार सुनील थापाको निधन

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान ७:३० बजे निधन भएको छ। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनको निधनको पुष्टि गरेका छन्।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए। नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह उचाइ, चर्चा र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ। विशेषगरी चलचित्र ‘चिनो’ मा निभाएको ‘राते काइँला’ को भूमिकाबाट उनी दर्शकमाझ अत्यन्तै चर्चित थिए।

नेपाल र भारतका थुप्रै चलचित्रहरूमा आफ्नो अभिनयको जादु छरेका थापाका परिवारका अन्य सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्।

अरुपनि पढ्नुहोस

सबै

हिउँदमा किन बढ्छ चाया ?

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

बङ्गुरपालनबाट मनग्य आम्दानी

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे