बरण्डाभार क्षेत्रको तालतलैया व्यवस्थापन गर्दै वन कार्यालय चितवन

रासस


चितवन, माघ २३। डिभिजन वन कार्यालयले बरण्डाभार क्षेत्रमा रहेका सङ्कटापन्न तालतलैया एवं पोखरी व्ययवस्थापनको काम सुरु गरेको छ । १० हजार २०० हेक्टर क्षेत्रफलभित्र पर्ने बरण्डाभार क्षेत्रमा रहेका १५ वटा तालतलैया एवं पोखरी व्यवस्थापनका लागि काम सुरु गरिएको हो ।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार तालतलैया संरक्षणका लागि रु १० लाख बजेट रहेको छ । बरण्डाभार क्षेत्र संरक्षणका लागि विनियोजित बजेट रु ३५ लाखमध्ये पनि ताल तलैया संरक्षणमा अधिक बजेट खर्च गर्ने योजना रहेको उहाँले बताउनुभयो । बरण्डाभार क्षेत्रमा रहेका १५ भन्दाबढी तालको संरक्षण र व्यवस्थापनको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
बरण्डाभार क्षेत्रबाहेक सामुदायिक वन क्षेत्रमा रहेका ताललाई व्यवस्थापनका लागि वन समितिलाई परिपत्र गरी सकिएको छ । यस कार्यालयको कार्यक्षेत्रमा बरण्डाभार क्षेत्रबाहेक अन्य क्षेत्रमा गरी ४४ वटा तालतलैया रहेका छन् । उहाँका अनुसार सबै तालतलैया एवं पोखरीलाई व्यवस्थापन गर्दै अघि बढ्न लागिएको हो ।
पानीको स्रोत सुक्दा वन्यजन्तुलाई मात्रै समस्या नभई बोटबिरुवालाई समस्या हुने गरेको छ । यसले जमिनमा पानीको मात्रा पुनरभरणमा ठूलो सहयोग पुग्दछ । वर्षात्का समयमा ती पोखरीमा पानी भरिन्छ । त्यसका लागि पनि व्यवस्थापनको सहयोग पुग्ने गर्दछ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















