डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी हिमाली एक युवकको मृत्यु

उमेश रोकाया


बाजुरा, माघ २१ । डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षका रिनजँन थापा रहेका छन् ।
यहीँ माघ १९ गते राति डडेल्धुराको अमरगढी नगरपालिका ११ साल्लाघारी स्थित केआइ सिंह राजमार्गमा स्याउलेबाट दिपायलतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।
थापा आफैँले चलाएको सु.प.प्र.०१००२ त ५२०६ नम्बरको ट्याक्टर एक्कासी अनियन्त्रित भएर पल्टिदा उनी गम्भिर घाइते भएका र तत्काल स्थानीयहरुले अस्पताल पुगाएका थिए । त्याँहाबाट थप उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा लगिएको र उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भास्कर चन्दले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















