सिद्धेश्वरी आवासीय विधालयमा भोट भाषाको कक्षा पढाई

उमेश रोकाया


बाजुरा, माघ २१ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -९ ढप्कमा रहेकोे सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालयमा भोट भाषा कक्षाको पढाई सञ्चालन भैरहेको छ । जनजाती खाम्बा भोटेहरुको बहुलिता भएका हुनाले उहाँहरुको भाषा लोभ नहोस् भनेर बिहान ७ बजेदेखि ९ बजेसम्म भोट भाषा कक्षा सञ्चालन गरेको छ । आवासीय विधालय कार्यविधि २०७९ ऐन बुढिनन्दा नगरपालिका अनुसार आवासीय विधालय सञ्चालन गरिएको हो । आवासीय विधालयमा खान बस्न व्यवस्था समेत गरेका छौँ ।
बिधालयमा १ सय १५ जना बालबालिका भर्ना भएका छन । यी मध्य ६१ जना बालबालिका आवासीय भवनमा बसिरहेका छन । जसमध्ये १० जना बालबालिका आमा बुवा नभएका टुहुरा बालबालिका र कसैका आमा कसैका बुवा नभए ७ जना बालबालिका सहित ६१ जना बालबालिका आवासीय विधालयमा पठनपाठन देखि खान बस्न र उनको औषधि उपचार समेत सुबिधा दिदै आइरहेका छौँ । दुर्गम ठाउँका आमा बुवा नभएका टुहुरा बालबालिकालाई उद्धार गरेर पठनपाठन गराउदै आइरहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक रावतले बताउनुभयो ।
उच्च हिमाली भेगमा पर्ने विधालय हुँदा चिसो कारणले विद्यार्थीहरु पठनपाठनमा समस्या आइसकेपछि सुइजरल्यान्डको हाना रोबर मेडमले गर्दा १६ कोठे आवासीय छात्रावास भवन भान्सा कोठा र शौचालय सुबिधा सम्पन्न भवन अहिले निर्माण गर्ने धमाधम चलिरहेको छ ।
आवासीय विधालयमा खान बस्न व्यवस्था बाहिरबाट गरेका छौँ । २०७९ सालमा आवासीय विधालय सञ्चालन गरेको हो । अहिले विधालय भित्रै आनन्द फाउन्डेसन चलाएको छ । यसबाट तत्कालका लागि भोट भाषाको कक्षा सञ्चालन भैरहेको छ । बुढिनन्दा नगरपालिकाले भवन निर्माण गरिदिएको छ । बौद्ध धर्मको भाषा, धर्म पनि संगसंगै बच्चा हुँदाबाटै पुजापाट गर्ने जानहोस । भोटे भाषाको भाषा र रहनसहन जोगाउन भोट भाषा कक्षा सञ्चालन गरेको छ । भोट भाषा सिकाउने शिक्षकलाई हुम्ला एकजना काठमाडौ बस्दै आउनुभएको उहाँले व्यक्तिगत रूपमा आफ्नो खाता हालेर शिक्षक तलब दिइने गरेको विधालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह गुरुङले बताउनुभयो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















