बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

रासस


दमौली (तनहुँ), माघ २१। भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो ।
खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ । मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त सुझाव समेटी एक साताभित्र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । अन्तिम डिपिआर तयार भएपछि टेण्डर प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मा पठाइने उहाँले बताउनुभयो ।
काउरेटार कभर्डहल निर्माण शीर्षकमा चालु आर्थिक वर्ष २०८२र८३ का लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ । करिब ४० रोपनी जग्गामा फैलिने यो परियोजनाको प्रतिवेदन फोरजी इञ्जिनियरिङ सोलुसन प्रालिले तयार गरेको हो । प्रस्तावित रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारका विभिन्न संरचना निर्माण गर्ने योजना छ । यसअन्तर्गत भलिबल, कबड्डी, बास्केटबल, टेबल टेनिस, व्याडमिन्टन, जुडो, कराते, उसु र बक्सिङका लागि छुट्टाछुट्टै कोर्ट रहनेछन् । साथै आधुनिक फुटबल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ ।
खेलकुद गतिविधिलाई जीवन्त बनाउन दर्शकको सुविधा विशेष रूपमा समेटिएको छ । कभर्डहलभित्र ३०० जना र एक हजार २०० जना बस्न मिल्ने प्याराफिट निर्माण गरिने प्रस्ताव छ । खेलाडी, प्रशिक्षक र दर्शकको सहजताका लागि शौचालय, खानेपानी सुविधा, प्रशासकीय भवन, मञ्च ९स्टेज०, मूल बाटोदेखि खेलमैदानसम्म पुग्ने पहुँच मार्ग तथा पक्की कम्पाउण्डसमेत निर्माण गरिनेछ ।
नगरप्रमुख त्रिपाठीले भन्नुभयो, “यो आयोजना सम्पन्न भएपछि काउरेटार क्षेत्र खेलकुद पर्यटन हवका रूपमा विकास हुने अपेक्षा गरिएको छ । यस प्रकारको आधुनिक खेलकुद पूर्वाधारले तनहुँ मात्र होइन, लमजुङ र गोरखा जिल्लालाई सेवा पु¥याउनेछ ।” आयोजना सम्पन्न गर्न तथा यसलाई बहुवर्षीय आयोजनाका रूपमा स्थापित गर्न सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्ने त्रिपाठीले बताउनुभयो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















