‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

रासस


चितवन, माघ २०। स्यहाँको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो ।
नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुआती समयमा चारवटा जरामा आकृति कुँदिएको छ । जसमा शिव, गणेश, गौतमबुद्धको आकृति छन् भने एउटामा विभिन्न किसिमका जनावरको आकृति रहेको छ । हामीले १६ वटा जारामा आकृति दिएर राख्ने योजनासहित काम गरिरहेका छौँ ।
रुखका जरालाई सदुपयोग गर्दै पर्यापर्यटनसँग जोड्ने काम गर्न लागिएको उहाँले बताउनुभयो । यही सामुदायिक वनभित्र रहेका किङफिसर तालको संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई प्रभाव नपार्ने गरी पर्यटनसँग जोड्ने योजनाका साथ काम गरिएको उहाँले जानकारी दिनुभयो । यस वनका उपभोक्तालाई आयआर्जनसँग जोड्न टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच काम अघि बढाएका छौँ । ‘स्टोन पार्क’को मोडलमा यसलाई विकास गर्ने योजना छ ।”
अहिले जरामा आकृति निर्माणका लागि स्थानीय कालिगढहरूले काम गरिरहनुभएको छ । अहिले दैनिक चार जना कालिगढले जरामा विभिन्न किसिमका आकृति बनाउने काम गरिरहनुभएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनोरञ्जन लिन मिल्नेगरी जरा पार्क निर्माण गर्न लागिएको हो ।
यहाँका मध्यवर्ती सामुदायिक वनहरूले पार्क निर्माण गरेर आयआर्जनका काम गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसमेत यस्ता पार्कमा रमाउने गरेका छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















