विपन्न जेहेन्दार विद्यार्थीलाई न्यानो लुगा वितरण

उमेश रोकाया


बाजुरा, माघ १९ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. २ का अति विपन्न जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री लगायत न्यानो लुगा (ज्याकेट) वितरण गरिएको छ । सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवरको पहलमा दुर्गम बालबालिकालाई शैक्षिक सामाग्री सहित न्यानो लुगा सहयोग भएको हो ।
बाजुराकाको अति दुर्गम ठाउँ हिमाली गाउँपालिका पुग्न तिन दिन गाडिमा तिन दिन बास बस्दै हिउमा पैदल यात्रा पछि अति विपन्न स्कुलहरुमा पुगेर बालबालिकालाई न्यानो लुगा र ज्याकेट सहयोग गरेको सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवरले बताउनुभयो । दुइटा स्कुलमा हिउँले गर्दा हिन्न नसकेर पैदल यात्रा गर्न गारो भएपछि वडा अध्यक्ष को हातमा हस्तान्तरण गरेका उनलेे बताए ।
१ सय ७२ जना नानी बाबुहरुलाई चिसो र हिउँमा न्यानो ज्याकेट सहयोगी दाताहरुलाई भगवान् रुपि दाताहरुले गर्दा यो सहयोग पाएका हुन । दुर्गम विद्यार्थीलाई २ सय ५० वटा स्कुल ब्याग र १ सय १० वटा टोपि सहयोगी हुँदा विद्यार्थी राहत भएको विधालय व्यवस्थापन समिति अध्यक्ष जीवन बोहराले बताउनुभयो ।
कतिपय विद्यार्थी चिसो मौसमले गर्दा विधालयमा विद्यार्थी नआउने खालको अवस्था हुन्थ्यो । अहिले न्यानो कपडा पाएपछि दुर्गम ठाउँका बालबालिकालाई निकै राहत भएको छ । पछिल्लो समय विधालयमा विभिन्न ठाउँमा बाट सहयोग मिलेको छ । एक किसिमको विद्यार्थीहरुको नयाँ हौसला प्रदान भएका छ । त्यसले गर्दा बच्चाको बाहिर रूपमा लत्ताकपडा राम्रै भएको छ । अरु विधालय भन्दा उच्च स्थानमा रहेको शैक्षिक संस्था मान्ने गरिन्छ ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















