लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली

रासस


काठमाडौँ, माघ १६। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गर्नुभएको छ।
अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै त्यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र कांग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले सहिदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाउनुभएको छ ।

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
अरुपनि पढ्नुहोस
सबै

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
















