पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

रासस


ढोरपाटन (बागलुङ), माघ १३। बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
त्यसैगरी बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थी पनि पन्चैबाजा संरक्षणमा जुटेका छन् । कक्षा ३ देखि १० सम्मका विद्यार्थीले पढाइसँगै बाजा बजाउन सिकिरहेका छन् । विद्यालयमा करिब १५ जना विद्यार्थीले अहिले बाजा बजाउने गर्छन् । शिक्षक रामबहादुर नेपालीले बाजा बजाउन सिकाउँदै आउनु भएको छ ।
विद्यार्थीले चासो दिएपछि बाजा बजाउन सिकाउन थालेको शिक्षक नेपालीले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा पन्चै बाजा बजाउने धेरै समूह भए पनि पछिल्लो समय एउटा समूह बनाउन सक्रिय छैन । विवाह, ब्रतबन्ध र सार्वजनिक मेला महोत्सवमा पन्चैबाजाको माग भने धेरै छ ।
त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र सक्षम परियारले पुख्र्यौली पेसा र संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । घरमा बाउबाजेले बजाउँदा अलिअलि जानेको उहाँले विद्यालयमा शिक्षकले सिकाउन थालेपछि पूर्ण रूपमा जान्ने भएको बताउनुभयो ।
बागलुङ नगरपालिकासहित गलकोट, बडिगाड, बरेङलगायतका स्थानीय तहमा रहेका विद्यालयहरुले पनि विद्यालयमा बालबालिकालाई बाजा बजाउन सिकाउन थालेका छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















