बाजुराको उच्च हिमाली भेगमा बर्षा सँगै हिमपात सुरु

उमेश रोकाया


बाजुरा, माघ ९ । बाजुरा जिल्लाको उच्च हिमाली भेगमा बर्षा सँगै हिमपात सुरु भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । शुक्रबार साझदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपात भएको छ ।
बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष माघ महिना लागे लगत्तै सेताम्बे हुने चुचुराहरु सेताम्मे बनेका छन् । हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, बुढिनन्दा नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेकाे शिक्षक तुलबहादुर रावतले बताएका छन ।
वर्षा संगै हिमपातका कारण जिल्लाका उच्च हिमाली भेग क्षेत्र लगायतका बिद्यालयहरु समेत प्रभाबित हुने भएका छन । महिनौंदेखि पानी नपर्दा समस्यामा परेका किसान भने बर्षासँगै भारी हिमपात भएपछि खुशी भएका छन्। सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएपनि सुक्न थालेका बाली बर्षाले गर्दा किसानहरु खुसी भएका हुन् ।
हिउँदे वर्षाका कारण जिल्लाका उच्च पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा भएको कृषक बताए। वर्षा र हिमपातमा कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार वटा स्थानीय तह लगायत हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहहरुलाई वर्षाले निकै बालिनालीमा सहयोग पुगेको कृषक राधिका रोकाया बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















