शैक्षिक सुधारका लागि पौवादुङमा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन

रासस


भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन भएको छ ।सन् २०३० सम्ममा गाउँपालिकाभित्रको शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन भएको हो । पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुलबिचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम केन्द्रित भएको युनाइटेड वल्र्ड स्कुल, कोशी प्रदेशका संयोजक विक्रम भट्टराईले बताए ।
दश वटा विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीमा भाषिक ज्ञान ४६ प्रतिशत र गणितीय ज्ञान आठ प्रतिशत मात्र रहेको पाइएको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षसम्म कार्यक्रम कार्यान्वयन हुने बताए । कार्याक्रम अभिभावकसँगको समन्वयमा गरिने छ ।
यसैबिच, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताए । उक्त कार्यक्रमका लागि पालिकाले रु ३५ लाखको लागत साझेदारी गरेको छ । गाउँपालिकाका सबै ३२ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधार पालिकाको लक्ष्य भएको उनले बताए ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये हाल ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मात्र सञ्चालन भएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















