अमेरिकाले जफत गर्यो अर्को भेनेजुएली तेल ट्याङ्कर

एजेन्सी


वासिङ्टन डीसी । अमेरिकाले भेनेजुएलाकाे अर्को एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको घोषणा गरेको छ । यससँगै अमेरिकाले नियन्त्रणमा लिएका भेनेजुएला सम्बद्ध तेल ट्याङ्करको सङ्ख्या ७ पुगेको छ अमेरिकाले भेनेजुएलाको विशाल तेल उत्पादन र बिक्रीमाथि आफ्नो नियन्त्रण कडा बनाउँदै लगेका बेला अर्को ट्याङ्कर पनि जफत भएको हो ।
ल्याटिन अमेरिकामा अमेरिकी सैन्य गतिविधिको निगरानी गर्ने यूएस साउदर्न कमान्ड (साउदकम) ले मंगलबार ‘मोटर भेसेल साजिट्टा’ नामक ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ । भेनेजुएलामा आउने र त्यहाँ भएर बाहिर जाने तेल जहाजमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्तर्गत यो कारबाही गरिएको बताइएको छ ।
क्यारिबियन क्षेत्रमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्धित जहाजमाथिको क्वारेन्टिनको अवहेलना गर्दै सञ्चालन भइरहेको अर्को ट्याङ्कर नियन्त्रणमा लिनुले भेनेजुएलाबाट बाहिरिने तेल कानुनी र समन्वय प्रक्रियामार्फत मात्रै जानुपर्ने आफ्नो दृढता देखाएको साउदकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सैन्य कमान्डका अनुसार ट्याङ्कर नियन्त्रणमा लिने कारबाही कुनै पनि अप्रिय घटनाबिना सम्पन्न भएको थियो । सार्वजनिक गरिएको भिडियोमा अमेरिकी सुरक्षाकर्मी हेलिकप्टरमार्फत जहाजमा अवतरण गरेको देखिन्छ ।
अमेरिकाले गत डिसेम्बर १० देखि प्रतिबन्धित तेल ट्याङ्करहरू नियन्त्रणमा लिन सुरु गरेको थियो । जनवरी ३ मा ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिन सैन्य कारबाहीको अनुमति दिएपछि दुवै देशबिचको तनाव चरम बिन्दुमा पुगेको थियो ।
अमेरिकाले भेनेजुएलाको तेललाई आफ्नाे हितसँग जोड्ने गरेको छ । भेनेजुएलाले सन् २००७ मा गरेकाे तेल उद्योग राष्ट्रियकरणको क्रममा अमेरिकी कम्पनीहरुले आफ्नो अर्बौ डलरको लगानी छाडेर बाहिरिनुपरेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















