भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

रासस


काठमाडौँ, माघ २। गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ । यहाँ आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । “आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,” उहाँले भन्नुभयो, “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानुपर्छ ।”
कार्यक्रममा कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, “प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवद्र्धन गरौँ ।”
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाइएको हो ।
विसं १९९० माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ । विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी दिवस मनाउन थालिएको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















