झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

रासस


बनियानी, माघ २। झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ ।झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगरको मृत्यु भएको र निजकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ट्रकका चालक फरार छन भने निजको खोजी भइरहेको छ ।
यसैबीच, बर्दघाट–सुस्तापूर्वको देवचुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ गइरहेको बा१६च ४७४० नम्बरको जिपको ठक्करबाट गएराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिपका चालक मकवानपुरको थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही अगाडि बढाएको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















