Opens in a new tab

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व होः गृहमन्त्री अर्याल

रासस

29Shares
dida bag ad

जनकपुरधाम, पुस ३०। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताउनुभएको छ ।सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभयो । उहाँले भन्नुभयो,“ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अङ्गलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला । ”

निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलार्ई आग्रह गर्र्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गर्नुभयो । प्रचलित कानुनविपरीत गर्नेलार्इं कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो । सामाजिक सञ्जालको दुरुपयोगतर्फ उहाँको भनाइ लक्ष्यित थियो ।

जेनजीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको बताउँदै उहाँले सुशासन कायम गर्नु तथा निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको कार्यादेश भएको गृहमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन र राष्ट्रले सुम्पेको अभिभारा पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो ।

लुटिएका हतियार फिर्ता भइरहेको तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले सीमित साधन तथा स्रोतका बाबजुद निर्वाचनलाई सफल बनाउनेतर्फ लागिपरेको उहाँले बताउनुभयो ।